बिहीबार, असार ३२, २०८३

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

 |  शुक्रबार, असोज २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २६, २०८०

काठमाडौं- प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दै छ। बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। 

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि छ। 

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा १० वा त्योभन्दा बढी बैठकमा अनुपस्थित संसद् सदस्यको सूचना पेश गर्ने कार्यसूची छ।  बैठक दिउँसो २ बजेका बोलाइएको छ।

प्रकाशित: Oct 13, 2023| 09:49 शुक्रबार, असोज २६, २०८०
प्रतिक्रिया दिनुहोस्