शनिबार, वैशाख २६, २०८३

कोशीको मुख्यमन्त्रीमा गठबन्धनकै दुई नेताको दाबी पेश

 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले दाबी पेश गरेका छन्। माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने गठबन्धनले निर्णय गरेसँगै कांग्रेसका ८ जना प्रदेश सांसदहरुले विद्रोह गरेर मुख्यमन्त्रीमा  कार्कीले दाबी पेश गरेका हुन्। 

National life

कार्कीको नेतृत्वमा मुख्यमन्त्रीको दाबीसहित ८ जना नेपाली कांग्रेस सांसदहरु र ३९ जना एमालेका प्रदेश सांसदहरु सहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाइएको छ।

कार्की नेतृत्वमा दाबी पेश गर्नुअघि नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरिएको छ। आङ्बोलाई समर्थन गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीका ४७ जना सांसदहरुले हस्ताक्षर गरेको पत्र बुझाइएको छ।

koshi-1697122821.jpg

दवै पक्षबाट ४७-४७ जनाको दाबी पेश भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आवश्यक संवैधानिक र कानुनी व्यवस्था बारे सुझाव लिएर निर्णय गर्ने बताएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले असोज २० गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेश गर्न असोज २६ गते अपरान्ह ५ बजे सम्मको समय तोकेका थिए।

प्रकाशित: Oct 12, 2023| 21:00 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्