आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न चार सदस्यीय समिति गठन

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो।
 |  बिहीबार, असोज २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

National life
Laxmi sunrise bank
kumari

काठमाडौं–विभिन्न माग राखेर एक सातादेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो।

समिति सदस्यमा मन्त्रालयकै सहसचिव नारायण अर्याल, कानुन तथा फैसला कार्यान्वयन शाखा प्रमुख टंक महत, कर्मचारी समायोजन शाखा प्रमुख कमानसिं थापामगर रहेका छन्। 

संघीय निजामती विधेयकमा विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलित छन्। दिउँसो २ बजेदेखि आन्दोलनरत कर्मचारीका प्रतिनिधिसँग सरकारी वार्ता टोलीले छलफल थालेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 12, 2023| 14:43 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्