सोमबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ज्यान मुद्दामा दोषी ठहर रिगलविरुद्धको रिट प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

ज्यान मुद्दामा दोषी ठहर रिगलविरुद्धको रिट प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा 

रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो।
 |  बिहीबार, असोज २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २५, २०८०

vianetvianet

काठमाडौं– नेपालगञ्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेर कैद भुक्तान गरिरहेका गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ।

रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवस अवसरमा गत ३ असोजमा रिगललाई आममाफी दिइएको थियो। ज्यान मार्नेलाई राष्ट्रपतिबाट कैद मिनाहा गरिएपछि चेतनपत्नी भारती दायर गरेको रिट यसअघिको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो।

आज उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो। हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका रिगललाई बाँकी कैद कट्टा गरी जेलमुक्त गरिएको थियो। 

बाँके जिल्ला अदालतको फैसला अनुसार रिगल ७ भदौ २०९२ सम्म जेलमा बस्नुपर्ने थियो । तर ८ वर्षमात्रै कैद सजाय भुक्तान गरेका ढकाललाई राष्ट्रपतिले बाँकी कैद कट्टा गराई जेलमुक्त गरिदिएका थिए।

National life insurance

प्रकाशित: Oct 12, 2023| 11:54 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्