काठमाडौं– एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षलगायत पाँच वटै पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
अध्यक्षमा कृष्णप्रसाद जैसी, उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले बताए।
उपसचिवमा भरत साउद पक्षका विक र विष्टको पक्षमा सहमति जुटेपछि साउदले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन सहज भएको हो।
सुदूरपश्चिम प्रदेश अध्यक्षमा सर्वसम्मत भएका जैसी अछामका हुन् भने त्यस क्षेत्रमा परिचित नाम हो। जैसी अध्यक्ष केपी ओली निकट मानिन्छन्।