सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाले बोलायो पदाधिकारी बैठक, कोशी सरकारबारे अन्तिम निर्णय लिने

राप्रपाले बोलायो पदाधिकारी बैठक, कोशी सरकारबारे अन्तिम निर्णय लिने

कोशीमा सरकार बनाउने विषयमा सबै विकल्पमा छलफल गर्दै राप्रपा बैठक
 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet

काठमाडौं– कोशी प्रदेशमा देखिएको सत्ता संकटबारे निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले पदाधिकारी बैठक बोलाएको छ।

बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुम्वाराहीमा बस्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार कोशीमा सरकार बनाउने विषयमा सबै विकल्प खुला राखेर छलफल हुनेछ।

‘कोशीमा सरकार बनाउने विषयमा छलफल गर्न बैठक बोलाएको हो। राप्रपाले अन्य दललाई सहयोग गर्ने कि आफै अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ’, उनले भने, ‘सरकारको प्रक्रियामै भाग लिने वा नलिनेलगायत विभिन्न विकल्पमा छलफल हुन्छ।’

संविधानको धारा १६८(३) अनुसार सर्वोच्च अदालतको परमादेश अनुसार दोस्रोपटक हिक्मत कार्की मुख्यमन्त्री भएका थिए। तर, बहुमत नपुग्ने देखेपछि उनले गत शनिबार राजीनामा दिएका थिए। 

कार्कीको राजीनामापछि प्रदेश प्रमुखले उपधारा ५ बमोजिम मुख्यमन्त्री दाबी गर्न दलहरूलाई आह्वान गरेका छन्। गठबन्धनले सरकार गठन गर्न राप्रपाको सहयोग मागेको छ। राप्रपाले सहयोग नगरे कोशी प्रदेशमा मध्यावधि चुनाव हुन सक्नेछ।

बैठकले मुलुकको समसामयिक परिस्थतीको समिक्षा गर्ने, पार्टीका भूगोल केन्द्रित कार्यक्रमको समीक्षालगायत विषयमा आवश्यक निर्णय लिनेछ। राप्रपाको १० दिनअघि बसेको कार्य सम्पादन समिति बैठकले कोशीबारे आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष लिङ्देनलाई दिएको थियो। 

प्रकाशित: Oct 11, 2023| 17:41 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्