सोमबार, मंसिर २९, २०८२

दसैंको संघारमा कस्तो छ बजारको अवस्था?

यस वर्ष पनि भीड न्युरोडतिरै सोझिँदा अन्यत्रका व्यापारीहरु निराश बनेका छन्।
 |  बिहीबार, असोज २५, २०८०

विजेता

विजेता

बिहीबार, असोज २५, २०८०

काठमाडौं- दसैं लक्षित किनमेलले व्यापारीहरुमा थोरै भए पनि आशा जगाएको छ। यतिबेला दसैंको किनमेलको लागि बजारमा चहलपहल देखिएको छ। आर्थिक मन्दीले निराश बनाएको व्यापारीहरुलाई दसैंको मुखमा भइरहेको व्यापारले थोरै भए पनि राहत दिलाएको छ।

National life

तर यस वर्ष पनि भीड न्युरोडतिरै सोझिँदा अन्यत्रका व्यापारीहरु निराश बनेका छन्। पछिल्लो दश दिनदेखि व्यापारले केही गति लिएको न्युरोडस्थित विश्वास रेडिमेडका सञ्चालक सुदर्शन खनाल बताउँछन्। तर यतिले उत्साहित हुने अवस्था नरहेको उनले बताए। मन्दीको अवस्थामा दैनिक पाँच हजार बिक्री हुनेमा अहिले विभिन्न प्रकारको सेलको भरमा व्यापार थोरै मात्रामा बढेको उनी बताउँछन्।
२८ वर्षे सुदर्शनका अनुसार यतिबेला दैनिक १० देखि १५ हजारजति व्यापार भइरहेको छ। जो पहिले–पहिलेको दसैंको व्यापारको तुलनामा न्यूनमात्र भन्न मिल्छ। उनले यतिबेलाको व्यापारले पनि मन्दीको घाटालाई कभर नगर्ने बताए।

न्युरोड पाको गल्लीस्थित एक्सक्लुसिभ ब्याग कलेक्सनकी सञ्चालक बसन्ती थापाका अनुसार पहिलेभन्दा बिक्री केही मात्रामा बढेका छ। उनले दसैंको मुखमा अहिले दैनिक १० हजार जति व्यापार भइरहेको बताउँदै भनिन्, 'यो सुधारको अवस्था हो तर दसैंपछि पुनः त्यही अवस्था फर्कने पक्का छ।  अहिलेको व्यापारले पनि पहिलेको घाटालाई समेट्न सक्दैन।' बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म व्यापार गरेर यतिबेला जति व्यापार भइरकेको छ, मन्दीको बेला त्यसको एक चौथाइ पनि नहुने गरेको सुदर्शन बताउँछन्। एक्सक्लुसिभ ब्याग कलेक्सनकी सञ्चालक बसन्ती थापा पनि भन्छिन्, मन्दीको बेला कतिदिन बोहनी समेत नभएको दिन थियो।

न्युरोडमा यतिबेला बढेको भीड सहजै देख्न सकिन्छ। लुगा–कपडा पसलदेखि जुत्ता, मोबाइल र ब्याग, घडीजस्तो पसलहरुमा चहलपहल बढेको छ। अन्त भने व्यापार छैन। नयाँ बानेश्वरस्थित जी–शपका सञ्चालकका अनुसार दसैंको मुखमा पनि खासै व्यापार छैन। उनले भीड जति न्युरोडतिर लागेपछि अन्तका व्यापारीलाई दसैंको अवसरले पनि खासै उत्साहित बनाउन नसकेको बताए।

नयाँ बानेश्वरस्थित फेसन क्लब र एभरेष्ट कलेक्शनले पनि दसैंको व्यापार खासै उत्साहजनक नरहेको बताए। फेसन क्लबका अनुसार नयाँ बानेश्वरमा पनि सेल लगाएको पसल र सस्तो बजारजतिमा भीड देखिएको हो। ब्राण्डेड लुगाको थोरबहुत अनलाइन व्यापार भइरहे पनि पसलमा खासै चलहपहल देखिँदैन।

नयाँ बानेश्वर चोकमै रहेको एभरेष्ट कलेक्शनले पनि व्यापारमा अझै पनि मन्दीको अवस्था बेहोरिरहेको बताएका छन्। एभरेष्टले दैनिक १० हजारको पनि कलेक्शन हुन नसकेको बताए। सुन्धारा, चाइना टाउन जस्ता व्यापारिक केन्द्रमा पनि दसैं लक्षित व्यापारको उत्साह देख्न सकिन्छ। ललितपुर सातदोबाटोका व्यापारीहरुले भने व्यापार उत्साहजनक रुपमा नबढेको बताए। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 12, 2023| 09:20 बिहीबार, असोज २५, २०८०
प्रतिक्रिया दिनुहोस्