शनिबार, वैशाख २६, २०८३

ज्यान मुद्दाका आरोपी रिगलको आममाफीविरुद्ध माइतीघरमा विरोध  

व्यक्ति हत्यामा संलग्नलाई राजनीतिक आवरणमा आममाफी दिइनु कानुनीराजको उपहासको भएको विरोध प्रदर्शनमा सहभागीको दाबी।
 |  बुधबार, असोज २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

काठमाडौं– ज्यान मुद्दामा कैद सजाय भोगिरहेका बाँकेका योगराज ढकाल रिगलको आममाफीविरुद्धमा माइतीघर मण्डलामा विरोध  प्रदर्शन भएको छ।

National life

विरोध प्रदर्शनमा रिगलबाट हत्या गरिएका चेतन मानन्धर पत्नी भारती, अभियन्ता ईः, सुमन सायमीलगायतले व्यक्ति हत्यामा संलग्नलाई सरकारले कारागारमुक्त गर्नु कानुनी राज्यको उपहास भएको बताए।

एमाले समर्थित युवासंघका कार्यकर्तासमेत सहभागी विरोध प्रदर्शनमा सहभागीले क्रुर हत्याको आममाफी फिर्ता गर, अपराधीलाई सम्मान गर्न बन्द गर, जघन्य अपराधी रिगललाई जेल चलान गरे, क्रुर तथा जघन्य हत्याको आममाफी फिर्ता लेऊलगायत उल्लिखित ब्यानरसहितका प्लेकार्ड बोकेका थिए।

चेतन हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय काटिरहेका रिगललाई सरकारको सिफारिसमा संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए।
 

प्रकाशित: Oct 11, 2023| 15:55 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्