सोमबार, जेठ २६, २०८२

विदेश भ्रमणमा सुरक्षा अंगका तीन वटै प्रमुख

प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक वसन्त कुँवर बेलायत र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अनि प्रहरीका निमित्त आईजीपी टेकप्रसाद राई सम्मिलित टोली अमेरिका उडेको हो।
 |  बुधबार, असोज २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २४, २०८०

vianetvianet

काठमाडौं– सरकारको सुरक्षा अंगका तीन वटै प्रमुख यतिबेला विदेशमा भ्रमण छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल विदेश भ्रमणमा गएका हुन्।

तीन वटा सुरक्षा अंगमध्ये प्रधानसेनापति र प्रहरी महानिरीक्षक बेलायत तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक र नेपाल प्रहरीका निमित्त आईजीपी अमेरिका भ्रमणमा गएको छ। आजै सशस्त्र प्रहरी र नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षकसहितको टोली अमेरिका उडेको हो।

अमेरिकाको क्यालिफोर्नियामा २७ देखि ३० असोजसम्म सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय संघको सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीलगायतको टोली अमेरिका उडेको हो।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नेछन्।

यस्तै, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतको तीन सदस्यीय टोली पनि सोही कार्यक्रममा भाग लिन मंगलबार अमेरिका उडेको छ। सो टोलीमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित छन्।

National life insurance

सम्मेलनमा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय–प्रहरी साझेदारी अवधारणाअनुरूप मानव बेचबिखनका पीडितको सशक्तीकरण र विश्वास अभिवृद्धिलगायत विविध विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्। आइतबार बेलायत गएका प्रधानसेनापति शर्मा २७ असोजमा स्वदेश फर्किने कार्यक्रम छ। 

नेपाल प्रहरीका महानिरीक्षक कुँवर गत शनिबार बेलायत गएका थिए। प्रहरी महानिरीक्षक कुँवर बेलायत सरकारको निमन्त्रणामा २२ देखि २६ असोजसम्म सञ्चालन हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रममा सहभागी हुन बेलायत पुगेका हुन्। कुँवरसँगै प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी र दुई एसएसपी बेलायत गएका छन्।

कुँवरले एआईजी टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिए। तर, निमित्त प्रहरी प्रमुख टेकप्रसाद राई पनि मंगलबार अमेरिका गएका छन्। 

अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा २७ देखि ३० असोजसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन राई नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो। उनका साथमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल पनि छन्।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल क्यालिफोर्नियामा २७ देखि ३० असोजसम्म सञ्चालन हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्स विषयक कार्यक्रममा सहभागी हुन अमेरिका उडेका हुन्। सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले पाएका छन्। 

प्रधानसेनापति शर्मा बेलायतका चिफ अफ जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यहाँ पुगेका हुन्। बेलायतमा रहँदा प्रधानसेनापतिले वेल्स, ब्रेकनस्थित स्यानिब्रिज ट्रेनिङ क्याम्पको भ्रमण गर्नेछन्। साथै त्यहाँ सञ्चालन भइरहेको क्यामब्रिन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी स्यान्डर्ससँग शिष्टाचार भेटघाट गर्नेछन्। बेलायती सेनाको ल्यान्ड वारफेर विभागका निर्देशक रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिट्रि एकेडेमी स्यान्ड्रस्टका कमाण्डरहरुसँग भेटघाट तथा ब्रिगेड अफ गोर्खाजको समेत भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिको टोलीमा उनका स्टाफ अधिकृतहरू र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकाल सहभागी छन्। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका छन्।

प्रकाशित: Oct 11, 2023| 11:25 बुधबार, असोज २४, २०८०
प्रतिक्रिया दिनुहोस्