बिहीबार, असार ३२, २०८३

बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य

 |  मंगलबार, असोज २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

मकवानपुर- बागमती प्रदेशसभा बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ। 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार, प्रदेश सभाको १२औँ वर्षे अधिवेशन बैठक मंगलबार मध्यराति १२ बजेदेखि अन्त्य गरेका हुन्। 

मन्त्रिपरिषद्बाट आज पारित भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संविधानको प्रक्रिया पूरा गरी प्रदेशसभाको बैठक अन्त्य भएको प्रदेश प्रमुखको सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए। बागमती प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १८ गते बसेको थियो। 

प्रकाशित: Oct 10, 2023| 18:08 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्