सोमबार, जेठ २६, २०८२

कालो मोसो काण्डपछि हजुरबा केपी ओलीप्रति खनिए दुर्गा प्रसाईं

ओलीभन्दा प्रचण्ड र नारायणकाजीहरु धेरै स्ट्यान्डर्ड राजनीतिक चरित्र भएको मान्छे रहेको मेडिकल व्यवसायी प्रसाईंको दाबी।
 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet

काठमाडौं– सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलन भइरहेका बेला एमाले समर्थित युवा समूहले कालो मोसो दलेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं अध्यक्ष केपी ओलीप्रति खनिएका छन्।

कुनै बेला एमाले अध्यक्ष नजिक रहेका प्रसाईंले ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी राजनीतिक चरित्र भएको मान्छे भएको टिप्पणी गरेका हुन्।

आज बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले एमाले अध्यक्ष ओली र नेता महेश बस्नेतप्रति आक्रोश पोखेका हुन्। उनले ओलीमा राजनीतिक चरित्र नभएको आरोपसमेत लगाए। बरु प्रधानमन्त्री प्रचण्ड तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठहरूमा राजनीतिक चरित्र देखिएको उनले बताए।  

‘हजुरबुबा (केपी ओली) लाई म मेरो सुझाव छ, ‘तपाईंले जस्तो बिरुवा आज रोप्नुभएको छ,  तपाईंभन्दा यो कुरामा धेरै स्ट्यान्डर्ड हुनुहुँदोर’छ प्रचण्ड। प्रचण्डको विषयमा पनि बोलियो तर  आजसम्म जवाफ फर्काउनुभएको छैन’, उनले भने।

प्रचण्ड, नारायणकाजीहरू हजुरबा ओली र महेश बस्नेतहरुभन्दा यसबाटै राजनीतिक चरित्र भएका मान्छे भएको देखिएको उनको कटाक्ष छ। उनले गणतन्त्रमा बोल्न नदिएर एमाले गुन्डाहरुले आफूलाई कालो मोसो दलेको आरोप लगाए।

National life insurance

प्रकाशित: Oct 10, 2023| 13:00 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्