सोमबार, जेठ २६, २०८२

कसरी सही तरिकाले सफा गर्ने कानको फोहोर ?

ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसका लागि घिन लाग्ने गरेको छ। तर, साँचो त यो हो कि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्रकृतिक पदार्थ हो। जसको एक महत्वपूर्ण काम हुने गर्छ।
 |  मंगलबार, असोज २३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २३, २०८०

vianetvianet

ईयरभ्याक्स वा कानको फोहोर धेरै मानिसका लागि घिन लाग्ने गरेको छ। तर, साँचो त यो हो कि कानको फोहोर हाम्रो शरीरबाट निस्किने एक प्रकृतिक पदार्थ हो। जसको एक महत्वपूर्ण काम हुने गर्छ।

त्यसैले कानलाई सफा राख्नुलाई हल्का रुपमा लिनु हुँदैन। यस विषयमा ईएनटी सर्जन ग्याब्रियल वेस्टनले कान सफा राख्नका लागि राम्रो र नराम्रो कुराबारे जाँच गरेका छन्।

कुनै पनि नतिजामा पुग्नु भन्दा पहिले डाक्टर ग्याब्रियल वेस्टन कानको फोहोर कानभित्र रहेको ग्रन्थीमा पैदा हुने र त्यसको धेरै काम हुने बताउँछन्।

- यो हाम्रो कानको सफा र स्वस्थ राख्न मद्दत गर्छ।
- यो कानमा धुलाको कण पर्नबाट बचाउँछ। जसले  संक्रमण रोक्न सहयोग मिल्छ।
-  बढी समय हाम्रो कानको नलिहरु आफै सफाई गर्छन्।

कानको फोहोर कहिले समस्या बन्छ
हामी कम बोल्छौं केही चपाउँछौं वा आफ्नो मुख घुमाउँछौं।  ईयरभ्याक्स र अनुहारको कोशिकाहरू विस्तारै कानको पर्दाबाट कानको प्वालतर्फ बढ्छन्। जहाँ यो सामान्य अवस्थामा सुख्खा भएर बाहिर निस्कन्छ।

National life insurance

ईयरभ्याक्स वा कानको फोहोर सामान्य अवस्थामा कुनै समस्या पैदा गर्दैन। तर, जब धेरै मात्रामा बग्न थाल्छ यो यस्तो अवरोधक बन्न सक्छ कि जसले कानमा दुखाइ हुन सक्छ। कतिपय अवस्थामा त यसले कानको श्रवण क्षमतामा नै ह्रास ल्याउँछ।

बाजारमा यस्ता कयौं चीजेहरू बिक्री भइरहकेका छन् जसले कानको फोहोर सफा गर्ने बताइन्छ। तर, यसमा एउटा प्रश्न उठ्छ के यीनले साँच्चैको सहयोग गर्छ त?

कटन बड्स
जब हामी कान औंलाले सफा गर्न कोशिश गर्छौ, समस्या पैदा हुन्छ। रुइले सफा गर्नु त अझै धेरै जोखिम हुने भनिएको छ। तर, धेरै मानिसरूले रुइले नै कान सफा गरिरहेका हुन्छन्। 

जब हामी यसको प्रयोग गर्छौं ईयरभ्याक्सलाई झनै कानको भित्र धकेल्दन्छौं। त्यसपछि फोहोर कानको त्यो भागमा टाँसिन्छ जो आफै पनि सफाइ गर्नका लागि सक्षम हुँदैन्। भ्याक्समा कानको बाहिरतर्फबाट भाइरस वा ब्याक्टेरिया पनि जान सक्दछन्। जसले संक्रमणको खतारा बनाउन सक्छ।

ईयर केन्डल्स
जो मानिस कानको फोहोरबाट छुटकारा चाहन्छन्, उनका लागि ईयर केन्डल्स जस्तो एक प्रोडक्ट पनि बाजारमा पाइने गरेको छ। यो विधिमा एक लामो, पातलो र जलिरहेको मैनबत्तीलाई एक पिरामिडको आकार भएको वस्तुमा राखिन्छ। पिरामिडमा एकतर्फ प्वाल हुन्छ।

यसको प्रयोगले कानका फोहोरका साथै अशुद्धपना बाहिर निकालिन्छ। तर, एक शोधले यो कानका लागि निकै घातक हुने बताएको छ। यसले कान र अनुहार जलाउन सक्छ। यसले मैनबत्तिको भ्याक्स कानको नलिमा पुग्न सक्छ र कानको पर्दामा हानि हुन सक्छ।

ईयर ड्रप्स
धेरै मानिस इयर ड्रपसको प्रयोग कान सफा गर्नका लागि गर्छन्। कतिले यसलाई पहिलो विकल्पका रुपमा पनि यसको प्रयोग गरेको पाइन्छ। यो ड्रप्स कानको फोहो निकै नरम गरिदिन्छ।

बजारमा धेरै प्रकारका इयर ड्रप्स पाइन्छन्। यो जुन बस्तुहरू मिलाएर बानाइएको हुन्छ उनमा हाइड्रोजन पेरोक्साइड, सोडियम बाइकर्बोनेट या सोडियम क्लोराइज जस्ता पदार्थ हुन्छन्।

यो ईयर ड्रप्स प्रभावशाली हुन् सक्छ। सम्वेदनशिल छाला भएका मानिसलाई यसको प्रयोगले हानी गर्नसक्छ।

जैतुन वा बदाम तेलले इयरभ्याक्सको साह्रो बनाउन प्रयोग गर्न मनपर्छ भने त्यसलाई तताएर मात्र प्रयोग गर्नु पर्छ। तेलको तापक्रम शरीरको तापभन्दा धेरै हुनु हुँदैन।

त्यसपछि ड्रपको सहयातामा तेलको केही थोपा हाल्नुपर्छ। र, ५/१० मिनेट पल्टिएर सुत्नुपर्छ। तेलको थोपा प्रयोग गर्दा तीनदेखि पाँच दिनसम्म नियमित दुई पटक प्रयोग गर्नुपर्छ।

पानीले सफा गर्ने
यदि ईयरभ्याक्सको लगातार समस्या भएको छ भने तपाईंलाई डाक्टरले पानीले सफाई गर्ने सुझाव दिन सक्नेछन्। मेडिकल साइन्समा पनि यो तरिकाको सिरिन्जिङको बयान गरिएको छ। यो तरिकाले कानको फोहोर साफ गर्नका लागि एक सिरिन्जबाट कानको नलिमा पानीको फोहोरा पठाइन्छ।

यो तरिकाले ईयरभ्याक्स सफा त हुन्छ तर कोही मानिसलाई यो गाह्रो साविन हुन सक्छ। र, यसले कानको पर्दामा पनि क्षति पुर्‍याउन सक्छ।

माइक्रोसक्शन
ईयरभ्याक्सले हैरान भएका बिरामीले मेडिकल क्लिनिक्स माइक्रोसक्शनको बाटो पनि रोज्न सक्छन्। यस विधिमा स्पेशलिस्ट डाक्डर कानको भित्रको अवस्था देख्नका लिग माइक्रोस्कोपका प्रयोग गर्छन् र एक सानो औजारको सहायताले कान भित्रको फोहोरलाई बाहिर निकाल्छन्। यो तरिका धेरै सुरिक्षित मानिन्छ।    -बीबीसीबाट

प्रकाशित: Oct 10, 2023| 05:40 मंगलबार, असोज २३, २०८०
प्रतिक्रिया दिनुहोस्