शुक्रबार, असार ५, २०८३

नागढुंगा-नौबिसे सडक जेठ अन्तिमसम्म बन्द

 |  आइतबार, जेठ २५, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०८२

त्रिभुवन राजपथ अन्तर्गत नागढुंगा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द गरिने भएको छ।

National life

नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आज सूचना जारी गर्दै जेठ २६ गतेदेखि ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो।

योसू अवधिमा हरेक दिन बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइनेछ।

यो समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा रोकिने व्यवस्था मिलाइएको छ।

सडक बन्द हुने समयमा साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने योजनाले जनाएको छ। जसअनुसार सीतापाइला-रामकोट-धार्के सडक र  सामाखुशी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक प्रयोग गर्न सकिनेछ।

Shivam cement

दमकल, एम्बुलेन्स र सुरक्षा निकायका अत्यावश्यक सवारी साधनलाई भने निर्वाध रूपमा सञ्चालन हुन दिइने सूचनामा उल्लेख छ।

प्रकाशित: Jun 08, 2025| 11:25 आइतबार, जेठ २५, २०८२
प्रतिक्रिया दिनुहोस्