सोमबार, जेठ २६, २०८२

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को विशेष बैठक

अपराह्न ४ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक समापनपछि प्रधानमन्त्री प्र्चण्डले ५ बजे सिंहदरबारमै सर्वदलीय बैठक बोलाएका छन्।
 |  सोमबार, असोज २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

vianetvianet

काठमाडौं–इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन्।

आज अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुनेछ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले बेलुका ५ बजे सिंहदरबारमै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा इजरायलमा विकसित परिस्थिति र नेपाली नागरिकहरूको सुरक्षा र हितसम्बन्धी विषयमा छलफल हुनेछ।

शनिबार इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रचण्डको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीले इजरायल–हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले २० असोजमा घटनाको भत्र्सना गर्दै नेपाली नागरिकका परिवारमा सहानुभूति प्रकट गरेका थिए। प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दूतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिएका थिए। 

National life insurance

इजरायल–हमास युद्धमा परेका र फसेका नेपालीको अवस्थाबारे यकिन गर्न र उनीहरूको उद्धार गर्न आइतबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा उपप्रधानमन्त्री रक्षा, उपप्रधानमन्त्री गृह, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिव र सुरक्षा अंगका प्रमुखको आकस्मिक बैठक बसाएका थिए।

बैठकले परराष्ट्रमन्त्री एनपी साउदको संयोजनमा परराष्ट्र, शिक्षालगायत सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सुरक्षा अंगका प्रतिनिधि, विदेशस्थित दूतावास, नियोग सहभागी एक ¥यापिड एक्सन टिम गठन गरेको छ।

सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपाली नागरिकलाई फिर्ता ल्याउने प्रयोजनका निम्ति लगत संकलन र द्रुत सूचना संयन्त्रसमेत खडा गरिसकेको छ।

प्रकाशित: Oct 09, 2023| 11:29 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्