शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक, आवश्यक परे तत्कालै उद्धार 

इजरायलमा रहेका नेपालीबारे निर्णय लिन परराष्ट्र मन्त्रालयमा बैठक, आवश्यक परे तत्कालै उद्धार 

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो।
 |  सोमबार, असोज २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज २२, २०८०

काठमाडौं– प्यालेस्टिनी चरमपन्थी समूह हमास र इजरायलबीच जारी द्वन्द्वका कारण समस्यामा परेका नेपालीको अवस्थाबारे निर्णय लिन समन्वय संयन्त्रको बैठक बसेको छ।

National life

परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको बैठकले द्वन्द्वका कारण इजरायलमा रहेका नेपाली नागरिको अवस्था पहिचान र उद्धार गर्नुपर्ने अवस्था भए तत्कालै उद्धार गर्न प्रक्रिया थालिने मन्त्री साउदको सचिवालयले बताएको छ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बैठकले मन्त्री साउदको नेतृत्वमा समन्वय संयन्त्र गठन गरेको थियो। बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल थाल्ने निर्णय गरेको थियो।

घर फर्किन इच्छुकलाई नेपाल फर्काउने प्रक्रियाका लागि अनलाइन रजिस्ट्रेसन सुरु गर्ने मन्त्रालयले तयारी थालेको छ। मन्त्रालयले इजरायलको तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीको सम्पर्क विवरण सार्वजनिक गर्दै उनीहरुसँग सम्पर्कमा रहन र सजगता अपनाउन इजरायलमा रहेका नेपालीलाई आग्रह गरेको छ।

इजरायलमा हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् भने एक जना अझै बेपत्ता छन्।

प्रकाशित: Oct 09, 2023| 10:52 सोमबार, असोज २२, २०८०
प्रतिक्रिया दिनुहोस्