सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देश र कांग्रेस चुनौतीका अगाडि उभिएको छ, त्यसलाई चिर्नुपर्छ : नेता महर

देश र कांग्रेस चुनौतीका अगाडि उभिएको छ, त्यसलाई चिर्नुपर्छ : नेता महर

 |  आइतबार, असोज २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज २१, २०८०

vianetvianet

झापा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देश र कांग्रेस चुनौतीका अगाडि उभिएको जस्तो देखिएको बताएका छन्। नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनलाई शनिबार सम्बोधन गर्दै नेता महरले देश र कांग्रेसका अगाडि चुनौति रहेकाले त्यसको समाधानमा केन्द्रित हुनुपर्ने बताए।

'आफ्नो अगाडिको चुनौतिलाई चिर्न कांग्रेसले चिन्ता र चासो लिनुपर्छ। कांग्रेसको काँधमा बन्दुक राखेर क्षणिक राजनीतिक स्वार्थ लिन खोज्नेहरूबाट समेत हामी सचेत हुन जरुरी छ,' महरले भने। देशमा अस्थिरता ल्याउन खोज्नेहरू सक्रिय हुन नसकुन् भनेर कांग्रेसले गठबन्धन गर्नु परेको उनले स्मरण गरे। 

आफू सुरुदेखि नै गठबन्धनको विपक्षमा रहेको र त्यसले कांग्रेसलाई फाइदा नपुगाउनेमा दृढ रहेको उनले बताए। 'मैले कांग्रेस केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नु हुँदैन भनेर फरक मत राखेको थिएँ। त्यो हाम्रा लागि हितकर थिएन। कांग्रेसको ग्रास रुटमा पनि गठबन्धन हुनुहुँदैन भन्ने चाहना थियो। अबको निर्वाचनमा हामी गठबन्धन गर्नु नपर्ने गरी बलियो रूपमा अगाडि बढ्नुपर्छ', उनले भने।

कांग्रेसमा पुस्तान्तरण र रुपान्तरणको कुरा उठिरहेकाले त्यसतर्फ पनि नेतृत्व सचेत हुनुपर्ने बेला आएको उनको भनाइ छ। समय सान्दर्भिक र प्रवृद्धिमैत्री बनाउन सकेमात्र कांग्रेसलाई बलियो बनाउन सकिने महरले बताए।

'अहिले युवाहरू पार्टीको मुख्य जिम्मेवारी छौं। हामी बाघका डमरु जस्ता हौं। हामीले हामीले आफ्नो शक्ति बुझेर पार्टी रुपान्तरको आवाज बुलन्द पार्नुपर्छ। म त उक्त कुरामा प्रस्ट नै छु,' महरले भने।

जहिले पनि सरकारमा भइराख्नुपर्छ भन्ने कुरा महत्वपूर्ण नहुने बताउँदै उनले जनभावना अनुसार पार्टी अगाडि बढ्नसक्नु पर्ने बताए। राजनीतिमा नैतिकता आवश्यक हुने महको भनाइ छ। 'सत्तामा बस्दा नैतिकता र कानुनी रूपमा अप्ठ्यारोमा पर्ने अवस्था आउनु राम्रो होइन। कांग्रेस सधैँ सत्तामै भइरहनुपर्छ भन्ने पनि छैन। मुलुकको हितमा हामीले सधैँ असल काम गरेका छौं। हामीले सत्ता बाहिर रहेर पनि आफ्नो उद्देश्यलाई भुल्नु हुँदैन। त्यसैमा केन्दृत हुनुपर्छ,' महरले भने।

प्रकाशित: Oct 08, 2023| 15:02 आइतबार, असोज २१, २०८०
प्रतिक्रिया दिनुहोस्