आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच समाजवादी मोर्चाको संयन्त्र विस्तारबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच समाजवादी मोर्चाको संयन्त्र विस्तारबारे छलफल

 |  शनिबार, असोज २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज २०, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज (शनिबार) भेटवार्ता भएको छ। 

सत्तारुढ दुई दल (माओवादी केन्द्र र एकीकृत समाजवादी केन्द्र) का दुई अध्यक्षबीच आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा भेटवार्ता भएको हो। 

भेटमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए।  यस्तै अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्नेबारे पनि आफूहरूबीच छलफल भएको उनको भनाइ छ। 

‘सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भयो। अर्थतन्त्र सफल बनाउने बारेमा छलफल भएको छ’, छलफलपछि सञ्चारकर्मीसँग अध्यक्ष नेपालले भने, ‘उहाँले पनि योजना बनाउनुभएको रहेछ, हामीले पनि कसरी राम्रो बनाउने भनेर छुट्टै बैठक बस्ने सल्लाह दिएका छौँ।’

उनले थपे, ‘गठबन्धन दलका नेताहरू मात्रै बसेर सिंगो देशको मुक्ति र सञ्चालनकै सन्दर्भमा के समस्या छन्, हाम्रा अलगअलग धारणा छन् कि छैनन्, कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भयो।’

उनले सरकारका विभिन्न निकायका नियुक्तिबारे पनि छलफल भएको जानकारी दिँदै माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि छलफल भएको बताए। 

उनले भने, ‘प्रदेश र जिल्लाका संयन्त्र बनाएर कतिपय ठाउँमा देखिएका समस्या र गुनासा सम्बोधन गर्नेबारेमा पनि छलफल भयो।’ 

प्रकाशित: Oct 07, 2023| 14:21 शनिबार, असोज २०, २०८०
प्रतिक्रिया दिनुहोस्