काठमाडौं– ९ महिनामा चार वटा सरकारको परीक्षण भइसकेको कोशी प्रदेश सरकारलाई विश्वासको मत दिन आग्रह गर्दै एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
आज सिंहरदबारमा भएको छलफलमा कोशीमा हिक्मतलाई मतदान गरेर राजनीतिलाई अगाडि बढाउने अध्यक्ष ओलीले प्रचण्डलाई आग्रह गरेको बुझिएको छ। आज एमाले प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा पछिल्लो राजनीतिक अवस्था, सुनकाण्ड छानबिन आयोगको कार्यारम्भ, मुलुकभित्र बिथोलिन थालेको सामाजिक सद्भावलगायत विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग ओलीले छलफल गरेका थिए।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शिक्षा विधेयकलाई सहमतिमा पारित गराउन ओलीले प्रचण्डलाई सुझाव दिएका थिए।