आइतबार, जेठ २५, २०८२

भूकम्प पीडितलाई भेट्न बझाङ पुगे प्रधानमन्त्री प्रचण्ड

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। 
 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गत मंगलबारको भूकम्पले क्षति पुगेको बझाङका सर्वसाधारणको अवस्था बुझ्न प्रभावित क्षेत्र पुगेका छन्। नेपाली सेनाको हेलिकोप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरे प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्नेछन्।

भूकम्पका कारण घर भत्किएर सार्वजनिक स्थानमा बसेका नागरिकको अवस्थाबारे बुझ्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिसँग छलफलसमेत गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित मुख्य स्थान देखाउने तयारी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए। बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर गत मंगलबार गएको भूकम्प र त्यसपछिका परकम्पले हालसम्म २० घाइते र एक जनाको मृत्यु भएको छ। घाइतेमध्ये १३ जना उपचार गरेर घर फर्किसकेका छन् भने ५ जनालाई अन्यत्र रिफर गरिएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो। दोस्रोपल्ट ३ः६ बजे बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसपछि पनि निरन्तर परकम्पन गइरहेका छन्। 

प्रकाशित: Oct 06, 2023| 14:47 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्