आइतबार, जेठ २५, २०८२

कांग्रेसको नीति अधिवेशनः हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

महासमिति सदस्यको निर्वाचन समयावधि असोज मसान्तभित्र तोकिएको छ। 
 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet

काठमाडौं– सत्तारुढ कांग्रेसले आगामी १३ देखि १५ मंसिरका लागि तय गरेको नीति अधिवेशनका लागि हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। ३४ जिल्लाबाट भने प्रतिनिधि चयन हुन बाँकी रहेको कांग्रेसले जनाएको छ। महासमिति सदस्यको निर्वाचन समयावधि असोज मसान्तभित्र तोकिएको छ। 

बाँकी रहेका केही जिल्लाका आंशिक क्षेत्रमा निर्वाचन हुन बाँकी छ भने केहीमा सुरु नै नभएको निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए। हालसम्म गुल्मी, गोरखा, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, स्याङ्जा, नवलपरासी, रुकुम (पूर्व), रुकुम (पश्चिम) रोल्पा, प्युठान, बाँके, डोल्पा, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, सुर्खेत, बझाङ, अछाममा निर्वाचन सम्पन्न भइसकेको छ।

यस्तै, पाँचथर, इलाम, संखुुवासभा, धनकुटा, सप्तरी, सिराहा, रसुवा, नुवाकोट, काभ्रेपलान्चोक, चितवन, भक्तपुर, मकवानपुर, दार्चुला, बैतडी, डडेल्धुरा गरी ३६ जिल्लामा निर्वाचन सम्पन्न भएको समितिलाई आएको श्रेष्ठले बताए।

निर्वाचन सम्पन्न जिल्लामा रसुवामा एक जना अन्य पार्टीमा गएका र एक जनालाई अनुशासन समितिले कारबाही सिफारिस गरेकाले अर्को प्रतिनिधिको नाम मागिएको उनको भनाइ छ।

चितवन १० बाट ११ जना निर्वाचित हुनुपर्नेमा १० मात्रको नाम समितिमा आएको छ। हुम्लामा एक जना निर्वाचनमा बागी उम्मेदवार बनेकाले कारबाहीमा परेपछि १० मात्रको नाम फाइनल भएर आएको छ । ती क्षेत्रमा नयाँ प्रतिनिधिको नाम पठाउन निर्वाचन समितिले निर्देशन दिएको छ।

National life insurance

तेह्रथुम, रौतहट, सिन्धुपाल्चोक, नवलपुर, रुपन्देही, बर्दिया, बाजुरामा निर्वाचन सम्पन्न भए पनि आधिकारिक विवरण भने समितिमा आएको छैन। त्यसबाहेकका ३४ जिल्लाका कतिपय स्थानमा आंशिक र कतिपय स्थानमा सबै निर्वाचन क्षेत्रमा निर्वाचन हुन बाँकी छ। ललितपुर र ताप्लेजुङमा निर्वाचन प्रतिनिधिसमेत पठाउनै बाँकी रहेको श्रेष्ठले बताए। 

भोजपुर, झापा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, पर्सा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु अर्घखाँची, दैलेख, सिन्धुली, सल्यान, डोटी, कञ्चनपुर र जुम्लामा भने कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन हुन सकेका छैनन्।

प्रकाशित: Oct 06, 2023| 12:21 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्