शनिबार, वैशाख २६, २०८३

अशान्त नेपालगञ्ज शान्त हुँदै, दिउँसो निषेधाज्ञा, रातीमा कर्फ्यु 

नेपालगन्जको अवस्था क्रमशः शान्तिउन्मुख हुँदै गएपछि दिउँसोमा कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको हो। 
 |  शुक्रबार, असोज १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

काठमाडौं– हिन्दु–मुसलमानबीचको सामाजिक सद्भाव भड्किने आशंकामा बाँकेको नेपालगञ्ज उपमहानगरभित्र मंगलबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु हिजोदेखि हटाएर दिउँसोमा निषेधाज्ञा र बेलुकीदेखि पुनः लगाइन थालेको छ।

National life

मंगलबार केही अशान्त बनेको नेपालगञ्ज बिहीबारदेखि शान्त देखिएकाले प्रशासनबाट दिउँसोमा निषेधाज्ञा जारी र रातीमा कफ्र्यु आदेश जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरले बताए।

नेपालगञ्जमा उपद्रव हुन नदिन ठूलो संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। मान्छेको भीडभाडमा रोक लगाइएको छ। नेपालगन्जको अवस्था क्रमशः शान्तिउन्मुख हुँदै गएपछि दिउँसोमा कर्फ्यु  हटाएर निषेधाज्ञा जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बिहीबार राती ८ देखि शुक्रबार बिहान ६ बजेसम्म लगाइएको कर्फ्यु आदेश हटाइएको जानकारी दिए। उनले आज बिहान ६ देखि राती ८ बजे निषेधाज्ञाको आदेश जारी गरिएको बताए। आज राती ८ देखि शनिबार बिहान ६ बजेसम्म साविककै क्षेत्रमा कायम रहने गरी कर्फ्यु आदेश जारी गरिएको उनको भनाइ छ। 

बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले १४ असोजमा मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसका कारण धार्मिक एवं सामाजिक सद्भाव खलबलिने अवस्था आएपछि प्रशासनले कर्फ्यु लगाएको हो।

१५ असोजमा मुस्लिम समुदायका मानिसले नेपालगञ्जमा विरोध र्‍याली निकालेका थिए। त्यसको विरोधमा फेरि मंगलबार बिहान सामाजिक सञ्जाल प्रयोग कर्ताका कारण ओमकार परिवार हिन्दु समाजले सद्भाव ¥यालीका नाममा विरोध र्‍याली निकालेका थिए।

र्‍यालीका सहभागीले सार्वजनिक सम्पत्तिमा तोडफोड, ढुंगामुढा गर्नुका साथै उच्छृंखल गतिविधि गर्न थालेपछि नेपालगञ्जको सामाजिक तथा धार्मिक सद्भाव भड्कन सक्ने खतरा आकलन गरी स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। मंगलबार मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो।

तर, सद्भाव र्‍याली, सर्वपक्षीय बैठक बसालिए पनि विवाद साम्य हुन नदेखिएपछि प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए। हिन्दु र मुस्लिम समुदायबीच सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि नेपालगञ्ज उपमहानगरमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न रोक लगाइनुका साथै एकै ठाउँमा ५ बढी मानिस जम्मा हुन नपाउने गरी दिउँसोमा निषेधाज्ञा र रातीमा कर्फ्यु  आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए।

प्रकाशित: Oct 06, 2023| 11:37 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्