शनिबार, वैशाख २६, २०८३

सात बुँदे निर्णय गर्दै सकियो लोसपा केन्द्रीय समिति बैठक

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– असोजको १६ र १७ गते अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी बैठकले संगठन सुदृढिकरणलाई प्राथमिकतामा राखी सोही अनुरुपको राणनीति, कार्यनीति र कार्यक्रम अविलम्ब तयार गरि प्रदेश, जिल्ला र स्थानीय तहमा पठाउने निर्णय गरेको छ ।

National life

बैठकले जारी गरेको प्रेस विज्ञप्तिमा संविधानमा रहेको विभेद एवं त्रुटीपूर्ण धाराहरुलाई अविलम्ब संशोधन गर्न सरकार र सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्ष एमालेसमेतको सहयोगमा संविधान संशोधन प्रस्ताव संस्दमा प्रस्तुत गर्नुपर्ने उल्लेख गरेको छ।

अध्यक्ष ठाकुरको हस्ताक्षर सहमतिको विज्ञप्तिमा विगत केही सयमदेखि मलंगवा र नेपालगन्जसहित अन्य केही ठाउँमा धार्मिक अतिवादीहरुद्वारा सद्भाव विथोल्ने प्रयास निरन्तर जारी रहेकोमा लोसपा गम्भिर बनेको उल्लेख छ। यसका सथै नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएकोमा लोसपाको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

बैठकमा सबै पहिचानवादीलाई एकत्रित भएर गणतन्त्र र संघीयतालाई बलियो बनाउन अपील गरिएको छ। लोसपाले ३११ सदस्यीय केन्द्रीय कार्य समिति सार्वजनिक गरेको थियो। जसमा ६३ जना पदाधिकारी रहेका छन्।

 

 

प्रकाशित: Oct 05, 2023| 18:08 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्