शनिबार, वैशाख २६, २०८३

कांग्रेस ३२ सिटेको पछि लाग्नु थोत्रिएको संकेतः केपी ओली

८७ सिट भएको कांग्रेस ३२ सिटे माओवादीतिर लम्पसार पर्नु थोत्रिनुसरह भएको ओली टिप्पणी।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ कांग्रेस संसद्मा ठूलो पार्टी भएर पनि थोत्रिएको कटाक्ष गरेका छन्। आज पार्टी मुख्यालय च्यासलमा माओवादी, जनमत हुँदै एमाले पसेका शिवचन्द्र कुशवाहासहितलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले कांग्रेस ३२ सिटे माओवादीका पछि लागेको टिप्पणी गरेका हुन्।

National life

‘कांग्रेस साह्रै पुरानो भयो। साँच्चिकै थोत्रो भयो। केही गर्न नसक्ने। ऊसँग ८७ सिट छ तर ३२ सिटे माओवादी पछाडि लत्रिएको छ,’ उनले भने।

उनले आफूसँग कति सिट छ भन्ने भेउ समेत कांग्रेसले बिर्सेको दाबी गरे। ‘उहिले उहिले हजुरबा बलियो भएर आफैं काम पनि गरे पनि बूढो भएपछि नातिका पछाडि पनि हिँड्नुपरेजस्तै कांग्रेसलाई भएको छ। कांग्रेसका लागि माओवादी नाति भएको छ’, अध्यक्ष ओलीले भने।

उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राम्रो भन्ने केही काम नगरेको आरोप लगाए। ‘माओवादीका नेता–कार्यकर्तासँग मेरो भेट हुन्छ। पीडा पोख्छन्। अहिले छोरी–ज्वाइँ, अर्का छोरी ज्वाइँ, भाइ–भतिजा सप्रिएका छन्। माओवादीका सबै कार्यकर्ता पीडित छन्। तिनको बलिदान, त्याग सम्झिन पनि फुर्सद छैन प्रचण्डलाई’, उनले कटाक्ष गरे।

प्रकाशित: Oct 05, 2023| 16:01 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्