आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • जघन्य हत्याका दोषी ढकालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

जघन्य हत्याका दोषी ढकालविरुद्धको मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
 |  बिहीबार, असोज १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

vianetvianet

काठमाडौं– जघन्य हत्याका दोषी योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथिको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।

कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेतासमेत रहेका ढकालले २९ असार २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतन मानन्धरमाथि खुँडा प्रहार गर्दा मृत्यु भएको थियो।

जघन्य हत्यामा संलग्न रिगल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस अवसरमा जेल सजाय माफ गरेपछि कारागार मुक्त भएका छन्। राजनीतिक आडमा मान्छे मार्नेलाई छाडिएको भन्दै मानन्धरकी पत्नी भारतीय शेर्पाले गत आइतबार सर्वोच्चमा राष्ट्रपतिको माफी मिनाहाविरुद्ध रिट दायर गरे पनि पटक–पटकको हेर्न नभ्याइनेमा परेको थियो। तर, आजका लागि न्यायाधीश शर्माको इजलासमा पेसी तोकिएको हो।

चेतनकी पत्नी भारतीले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्चमा रिट दायर गरेकी थिइन्। आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमै पठाउन शेर्पाले माग गरेकी छन्।

उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय पनि बदर गर्न माग गरेकी छन्।

National life insurance

सर्वोच्चमा पत्नी भारतीको निवेदनमाथि दुई पटक पेसी तोकिए पनि न्यायाधीशले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन। मुद्दामाथि रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी परे पनि हेर्न नभ्याइनेमा राखिएको थियो।

भारती बुधबारदेखि पति हत्यारालाई पुनः जेलबास पठाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा अनशनरत छन्।

प्रकाशित: Oct 05, 2023| 11:24 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्