शनिबार, वैशाख २६, २०८३

नेपालगञ्जमा हटाइयो कर्फ्यु, निषेधाज्ञा जारी

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु लगाइने प्रशासनको सूचनामा भनिएको छ।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– बाँकेको नेपालगञ्ज उपमहानगरमा सामाजिक सद्भाव भड्किने आशंकामा गत मंगलबारदेखि लगाइएको कर्फ्यु १२ घन्टाका लागि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ बजेदेखि हटाइएको जानकारी दिएको हो।

National life

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु लगाइने प्रशासनको सूचनामा भनिएको छ। कर्फ्यु हटे पनि उपमहानगर क्षेत्रभित्र निषेधाज्ञा जारी छ। स्थानीय प्रशासनले  कुनै प्रकारका भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न, पोस्टरलगायत प्रचार सामग्री टाँस्न, लेख्न तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँ ५ भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ देखि राती ८ बजेसम्मका लागि कर्फ्यु हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए।मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएकामा राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाको चार किल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। 

हिजो मात्रै जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले कर्फ्यु खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिस गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नइिदने प्रतिबद्धता व्यक्त गरेको थियो। सामाजिक सञ्जालमा आएको विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीचको सद्भाव भड्किँदा नेपालगञ्ज तनावग्रस्त बनेको थियो।

प्रकाशित: Oct 05, 2023| 11:04 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्