शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बझाङ भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

बझाङ भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दलबीच समन्वय हुनुपर्ने प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ र आसपास क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

National life

आज बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औं बैठकमा प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावितलाई तत्कालै राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्। 

‘बझाङ र आसपास क्षेत्रमा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गरौं। हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा भएको पहलकदमीलाई थप गति दिनुपर्छ’, उनले भने। 

प्राकृतिक विपद्ले सिर्जना गरेको संकटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको प्रधानमन्त्री प्रचण्डले औंल्याए। उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनस्र्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे।

गत मंगलबार बझाङलाई केन्द्र्र बनाएर दुई–दुईपटक गएको भूकम्पका कारण एक जनाको मृत्यु र दर्जन बढी घाइते हुनुका साथै ठूलो भौतिक संरचनामा क्षति पुगेको छ।

प्रकाशित: Oct 05, 2023| 10:45 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्