शनिबार, वैशाख २६, २०८३

कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक : नेता रिजाल

 |  बिहीबार, असोज १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १८, २०८०

ताप्लेजुङ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले देशका हरेक कठिन परिस्थितिमा कांग्रेसको भूमिका निर्णायक भएको बताएका छन्।

National life

कांग्रेस ताप्लेजुङ प्रदेश क्षेत्र (१) को क्षेत्रीय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले ऐतिहासिक परिवर्तनमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

देशका हरेक ऐतिहासिक परिवर्तनमा पार्टीको निर्णायक भूमिका रहेको र यसलाई कायम गर्दै जाने बताए।

मुलुकका हरेक कठिन परिस्थितिको सामना गर्न नेपाली कांग्रेस अग्रसर रहँदै आएको उल्लेख गर्दै उनले आगामी समयमा समेत मुलुक परिवर्तनमा कांग्रेसको भूमिका निर्णायक र महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरे।

राजनीतिक स्थायित्व कायम गर्दै मुलुकलाई समृद्धितर्फ अघि बढाउन पार्टीको महत्वलाई जोड दिएका नेता रिजालले विभिन्न विषयलाई लिएर कतिपय नेता कार्यकर्तामा देखिएका असन्तुष्टि र समस्यालाई छलफल र संवादमार्फत नै अन्त्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: Oct 05, 2023| 10:00 बिहीबार, असोज १८, २०८०
प्रतिक्रिया दिनुहोस्