शनिबार, वैशाख २६, २०८३

लोसपाको पदाधिकारी बैठक दोस्रो दिन पनि जारी

 |  बुधबार, असोज १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दोस्रो दिनको पदाधिकारी बैठक जारी छ। लोसपाले ३११ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वजनिक गरेको थियो, जसमा ६३ जना पदाधिकारी रहेका छन्।

National life

बैठकमा मंगलबार २२ जनाले आफ्नो धारणा राखिसकेका छन्। काठमाडौंमा जारी बैठकमा संगठन निर्माण, नेताहरुको व्यवस्थापन लगायत समसामयिक विषयमा आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

बैठकमा शीर्ष नेताहरुले पदाधिकारी संख्या ठूलो बनाइएकोमा महाधिवेशनमार्फत छोटो छरितो बनाउनुपर्ने बताएका छन्। बैठकमा वरिष्ठ नेता शरतसिंह भण्डारीले महाधिवेशन भन्दा पहिले पार्टीको विधान अधिवेशन हुने र त्यो अधिवेशनबाट संगठनको संरचना निर्माण गर्ने तथा सोही अनुसार महाधिवेशनबाट समिति बनाउने बताए।

नेपाल सयमसँग कुरा गर्दै लोसपाका सचिव मनिष मिश्रले पार्टीको कमीकमजोरीको विषयमा पनि समीक्षा हुनुपर्ने धारणासहित वरिष्ठ नेताहरुले धारणा व्यक्त गरेको बताए। उनले  बैठकमा पार्टी संगठन तथा समसामयिक विषयमा छलफल जारी रहेको जानकारी दिए।

 

प्रकाशित: Oct 04, 2023| 13:47 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्