शनिबार, जेठ २४, २०८२

सहमति भएपछि बोलाइयो बागमती प्रदेशसभाको बैठक

 |  बुधबार, असोज १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १७, २०८०

vianetvianet
National life insurance

मकवानपुर- बागमती प्रदेशसभाको बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सोमबार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्णपाठ प्रदेशसभाका प्रत्येक सदस्यहरुलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलले पटक पटक संसद् अवरुद्ध गरी नाराबाजी लगातार गरिरहेकाले सोमबार साँझ बैठक स्थगित गरी सारिएको थियो।

मंगलबार वार्तालाप गरी सत्तापक्ष र प्रतिपक्षबीच सौहार्द्रपूर्ण वातावरणमा सहमतिको कायम भएअनुसार बुधबार अपराह्न ४ बजे बस्ने सहमति भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले बताए।

प्रकाशित: Oct 04, 2023| 06:11 बुधबार, असोज १७, २०८०
प्रतिक्रिया दिनुहोस्