शनिबार, वैशाख २६, २०८३

बागमती प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

विशेष कारणवश आज बस्ने भनिएको प्रदेशसभा बैठक बुधबारलाई सारिएको प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं–बागमती प्रदेशसभाको आज अपराह्न २ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। आजको बैठक विशेष कारणवश सारिएकाले बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको हो।

National life

सोमबार साँझ बसेको प्रदेशसभा बैठकमा प्रदेश चिट्ठा विधेयकसम्बन्धी विषयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देशसहित फिर्ता पठाएको पूर्ण पाठ प्रदेशसभाका प्रत्येक सदस्यलाई उपलब्ध गराउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष एमालेले लगातार नाराबाजी गरेपछि बैठक स्थगित गरी आज २ बजेका लागि सारिएको थियो।

हिजै साँझ सरकार र प्रतिपक्षबीच सहमतिको प्रयास गरिए पनि सहमति जुट्न नसकेकाले आजको वार्तामा बुधबार अपराह्न ४ बजे बैठक बस्ने सहमति भएको प्रदेश सभामुख भुवनकुमार पाठकले बताए।

कोशीको बैठक बुधबारलाई बोलाइयो

कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश मन्त्रिपरिषद्को ११ असोजमा बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठक बोलाउन सिफारिस गरेको थियो।

प्रदेश प्रमुख खापुङले आगामी बुधबार बैठक बस्ने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Oct 03, 2023| 15:04 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्