शनिबार, जेठ २४, २०८२

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार : अध्यक्ष ओली

 |  मंगलबार, असोज १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

vianetvianet
National life insurance

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी र विकासविरोधी रहेको उल्लेख गरे। उनले अहिले विकासका काम ठप्प पारिएको दाबी गरे। उनले काम सुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए।

उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा माओवादी केन्द्रको नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्‚सबैलाई थाहा छ। यी सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार, स्वेच्छाचारी र विकासविरोधी देखिएका छन्। काम सुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ। उनीहरूले ऋण तिर्न सकेका छैनन्।’

प्रकाशित: Oct 03, 2023| 14:53 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्