बिहीबार, असार ३२, २०८३

जघन्य हत्याका दोषी ढकालको सजाय मिनाहाविरुद्ध सर्वोच्चमा रिट

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर पुनः कारागार पठाउन शेर्पाले माग गरेकी हुन्।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं–आफ्ना पति चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

चेतनकी पत्नी शेर्पाले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राख्दै सर्वोच्चमा रिट हालेकी हुन्। आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर पुनः कारागार पठाउन शेर्पाले माग गरेकी छन्।

उनले ढकालको कैद मिनाहा सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद् निर्णय पनि बदरको माग गरेकी छन्।

शेर्पाको निवेदनमाथि दुई पटक पेशी तोकिए पनि न्यायाधीशले मुद्दा हेर्न नभ्याएका कारण सुनुवाइ हुन सकेको छैन । कांग्रेसको भ्रातृ संगठन तरुण दलका नेतासमेत रहेका ढकालले २९ असार २०७२ मा नेपालगञ्जका २९ वर्षीय चेतनमाथि खँुडा प्रहार गर्दा मृत्यु भएको थियो।

प्रकाशित: Oct 03, 2023| 14:37 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्