बिहीबार, असार ३२, २०८३

संसद् बैठक बस्दै, केपी ओलीले सम्बोधन गर्ने

अध्यक्ष ओलीले पछिल्लो समय सरकारका काम–कारबाही, अर्थतन्त्र, राजनीति, सामाजिक अराजकतालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउने बुझिएको छ।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– आज प्रतिनिधिसभाको बैठक केही बेरपछि दिउँसो १ बजे बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। आजको संसद् बैठकलाई प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन्।

अध्यक्ष ओलीले पछिल्लो समय सरकारका काम–कारबाही, अर्थतन्त्र, राजनीति, सामाजिक अराजकतालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउने बुझिएको छ। आजको बैठकमा विद्युत् विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: Oct 03, 2023| 12:49 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्