शनिबार, वैशाख २६, २०८३

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। प्रतिस्पर्धी विनोद ढकाललाई पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन्। 

National life

खतिवडाले ५१२ ले मत प्राप्त गरे भने ढकालले ४३० मत पाए। खतिवडा अध्यक्ष केपी केपी शर्मा ओली निकटका मानिन्छन् भने ढकाल पूर्वराष्ट्रपति विद्या भण्डारी निकट हुन्। 

उपाध्यक्षमा टिकाराम चेमजोङ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा राजकुमार भण्डारी निर्वाचित भएका छन्। भण्डारीले शैलेश लामालाई पराजित गरे। भण्डारीले  ५२४ मत प्राप्त गर्दा लामाले ३८१ मत पाए। 

उपसचिवमा जलवर्षा राजवंशी निर्वाचित भएका छन्। दुई जना उपसिचवका लागि तीन जना प्रतिस्पर्धि थिए। अर्को उपाध्यक्षमा देवान राई निर्वाचित भएका छन्। राजवंशीले ६२८ मत प्राप्त गरिन् भने राइले ६१० मत प्राप्त गर्दै निर्वाचित भए। खेम नेपालीले ३९७ मत पाए।

अध्यक्षमा निर्वाचित खतिवडा र पराजित ढकालले यसअघि मोरङ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। २०६६ सालमा खतिवडालाई पराजित गर्दै ढकाल एमाले मोरङको जिल्लाध्यक्ष निर्वाचित भएका थिए। 

त्यतिबेला ढकाल ओली समूहबाट र खतिवडा माधव नेपाल समूहबाट उम्मेदवार बनेका थिए। 
 

प्रकाशित: Oct 03, 2023| 06:27 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्