शनिबार, वैशाख २६, २०८३

रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी सञ्चालनको जिम्मेवारी 

नागरिक उन्मुक्तिको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाई दिने निर्णय भएको हो।
 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता चौधरीले आफूले सम्हाल्दै आएको कार्यकारी अधिकार पति रेशमलाई सुम्पिएकी छन्। धनगढीमा सम्पन्न पार्टी बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै रेशमलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो। 

National life

नागरिक उन्मुक्तिको सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशमलाई दिने निर्णय भएको हो। हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो २६ देखि २८ पुससम्म कैलालीको टीकापुरमा हुने भएको छ। बैठकले महाधिवेशन तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरेको छ।

९ जनाको ज्यान जाने गरी टीकापुरमा भएको घटनामा संलग्न रहेको प्रमाणसहति तीन वटै अदालतले कैद सजाय सुनाए पनि राजनीतिक सहमतिको लेपन लगाएर गत १५ जेठको गणतन्त्र दिवस अवसरमा रेशमसहितलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी दिलाइएको थियो। डिल्लीबजार कारागारमा रहेका रेशमलाई बाजागाजा र फूलमालासहित जेलमुक्त हुँदा स्वागत गरिएको थियो।

प्रकाशित: Oct 02, 2023| 15:10 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्