शनिबार, वैशाख २६, २०८३

मंगलबारलाई बोलाइयो माओवादी पदाधिकारी बैठक

अध्यक्ष प्रचण्डले पार्टी विशेष रुपान्तरण अभियान, चीन भ्रमणलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।
 |  सोमबार, असोज १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १५, २०८०

National life

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान ८ बजे बस्ने गरी पदाधिकारी बैठक आह्वान गरेका छन्।

अध्यक्ष प्रचण्डले पार्टी विशेष रुपान्तरण अभियान, चीन भ्रमण, चिकित्सकमाथि भइरहेको आक्रमण, विद्यालय शिक्षा विधेयक, पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्ने बैठकमा सात वटै प्रदेश इन्चार्जले एक महिने पार्टी रुपान्तरण अभियानको समीक्षा अध्यक्ष प्रचण्डसमक्ष प्रतिवेदन पेस गर्ने बताइएको छ।

प्रकाशित: Oct 02, 2023| 14:00 सोमबार, असोज १५, २०८०
प्रतिक्रिया दिनुहोस्