आइतबार, असार १५, २०८२

राष्ट्रपति पौडेलद्वारा गैरआवासीय राजदूत नियुक्त

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई मङ्गोलियाका लागि र डेनमार्कका लागि नेपालका आवासीय राजदूत प्राडा रामस्वार्थ रायलाई फिनल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आइतबार उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Oct 01, 2023| 20:17 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्