शनिबार, वैशाख २६, २०८३

रास्वपाले गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार

 |  आइतबार, असोज १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहभागी नहुने भएको छ। उपभोक्तालाई मार पर्ने गरी इन्धनको मूल्यवृद्धि गरेको विरोधमा रास्वपाले बैठक बहिष्कार गरेको हो।

National life

'चाडपर्वको मुखमा आम उपभोक्तालाई मार पर्ने गरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोधस्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं। थप कार्यक्रमबारे जानकारी दिनेछौं', रास्वपा सभापति रवि लामिछानेले भनेका छन्।

सुन तस्करी प्रकरणको छनबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न प्रधानमन्त्रीले आज राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद् बैठकबारे नेताहरुसँग छलफल थालेका छन्। त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका थिए।

आजको प्रतिनिधि सभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ। तर नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद् सञ्चालनमा सरकारलाई असहयोग गर्ने चेतावनी दिएको छ ।

प्रकाशित: Oct 01, 2023| 11:08 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्