शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

triton college

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आइतबार बिहान अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्।

माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री समेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन्। 

एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ। सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन्।

प्रकाशित: Oct 01, 2023| 09:52 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्