बिहीबार, असार ३२, २०८३

नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित

 |  शनिबार, असोज १३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा मनोनित भएका छन्। 

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन १० गते सम्पन्‍न पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार शनिबार विश्वकर्मालाई अध्यक्षमा नियुक्त गरेका हुन्।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतःविघटन भएको दलित सङ्घमा विश्वकर्मालाई नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: Sep 30, 2023| 18:04 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्