आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नौ महिनापछि ओलीलार्इ कांग्रेसको प्रश्‍न- यो देशमा सरकार छ?

नौ महिनापछि ओलीलार्इ कांग्रेसको प्रश्‍न- यो देशमा सरकार छ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नौ महिनाको ओली सत्‍ता पुर्णरुपमा असफल भएको निष्कर्ष निकाल्‍दै  बुधबार सार्वजनिक रुपमा प्रश्न सोधेको छ, 'के यो देशमा सरकार छ?' 

कांग्रेस मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले नौ महिनामा सरकारको अनुभुति जनताले गर्न नसकेको बताए। उनले भने, 'नौ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ भने कहाँ छ भनेर छोटो र कारुणिक प्रश्‍न बनेको छ। सरकार पूर्ण रुपमा असफल भएको छ।' 

कांग्रेसको मूल्याकंनमा नौ महिनामा सरकारले जवाफ दिन नसकेका महत्‍वपूर्ण नौ प्रश्नहरु यस्ता छन्। 

लोकतान्त्रिक संस्कृति : लोकतान्त्रिक प्रकृयाको चर्चा मात्रै, त्यसको मानक किमार्थ होइन्। 
राष्ट्रवाद : पुरानो दाबी र पछिल्लो स्थितिको तुलना।
संघीयता : कम्युनिस्ट दर्शनले नहिडेको बाटो र असफल तु्ल्‍याउने सुनिश्चित षड्‍यन्त्र।
सुशासन: नमच्चिने पिङको सय झड्‍का।
बजार मूल्य : सगरमाथाको टुप्पो छुन आँटेको। 
शान्ति सुरक्षा : प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा दुर्इ जनाको हत्‍या।
न्यायालय : साझा आस्थाको थलोमा राजनीतिक आस्थाको अतिक्रमण।
संविधानप्रति अपनत्‍व विस्तार : सत्तालार्इ बलियो बनाउन बार्गेनिङ चिप्‍स, प्रगति शून्य। 
समृद्धि यात्रा : विना प्रतिस्पर्धा गेजुवालार्इ बुढीगण्डकी, निजगढ विमानस्थल कागजमै अलमल, केरुङ-काठमाडौं-रक्सौल रेल चर्चा फाइलमा बन्द। 

कांग्रेस प्रवक्ता शर्माले यी महत्‍वपूर्ण नौ प्रश्‍नको जवाफ सरकारले दिन नसकेको बताउँदै भने, ' बरु यो सरकार सूचना लुकाउने धन्दामा लागेको छ।'ओलीले सरकारलार्इ रहस्यमय र अपारदर्शी ढंगले चलाउन खोजेको आरोप लगाए।  




 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।