बुधबार, मंसिर १२, २०८१

'बॉबी' को पाँच दशक
Siddartha premir insuranceSiddartha premir insurance

जवानी, विद्रोह र बेपरवाह प्रेमकथाले बलिउडमा ल्याएको तरंग

'बॉबी'को एक सिनमा डिम्पल भन्छिन्, 'म २१ औं शताब्दीकी केटी हुँ, कसैले मलाई हात लगाउन सक्दैनन्।
 |  आइतबार, असोज १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज १४, २०८०

सन् १९७३ मा हिन्दी फिल्म 'बॉबी' रिलिज हुँदा यसका नायक र नायिका दुवै नयाँ थिए। ऋषि कपुरको नाम त यदाकदा सुनिन थालेको थियो तर डिम्पल कपाडियाको त नामसमेत कसैले सुनेका थिएनन्।

himalayan bank box

'बॉबी' का निर्देशक राज कपुरको पछिल्लो फिल्म नराम्रोसँग फ्लप भएको थियो। तर 'बॉबी' सुपरहिट भइदियो। गाउँ–गाउँबाट मानिसहरु सहरका सिनेमा घरसम्म आउन थाले। यसका लागि छुट्टै बससमेत चलाइएको थियो, जसलाई 'बॉबी' बस भन्ने गरिन्थ्यो। यो बसले चलचित्र देखाएर सबैलाई पुनः गाउँसम्म पुर्याउँथ्यो।

चलचित्रकी नायिका डिम्पल कपाडियाको पोलका डटवाला कपडा 'बॉबी ड्रेस’ को नामले चर्चित थियो अनि ऋषि कपुरको मोटरसाइकललाई 'बॉबी' मोटरसाइकल’ भन्थे।

चलचित्र 'बॉबी' ठिक ५० वर्षअघि २८ सेप्टेम्बर १९७३ मा रिलिज भएको थियो। 'बॉबी' लोकप्रियताको अर्को कोशेढु‌गा १९७७ मा पनि देखियो जब बाबू जगजीवन रामले दिल्लीको रामलीला मैदानमा चुनावी र्‍याली गर्ने फैसला गरे। उनी इन्दिरा गान्धीसँग छुट्टिइसकेका थिए। भनिन्छ- त्यो साँझ जानाजान दूरदर्शनमा 'बॉबी' चलचित्र प्रसारित गरियो ताकि मानिस त्यो र्‍यालीमा नजाउन्। तर त्यसो भएन। र भोलिपल्ट समाचारको हेडलाइन थियो- बाबू बीट्स 'बॉबी'।

त्यसताका हिन्दी सिनेजगतमा परिपक्व किसिमको प्रेम कथामात्रै चल्थ्यो। 'बॉबी' सम्भवतः पहिलो हिन्दी टीनएज लभ स्टोरी थियो, जसमा जवानीको जोश, विद्रोह, सौम्यता र बेपरवाह मायाप्रेम थियो। यद्यपि 'बॉबी'को अपार सफलताको पछाडि संघर्षको अलग्गै कथा थियो। प्रख्यात फिल्म विश्लेषक जयप्रकाश चौकसे राज कपुरको एकदमै नजिकका थिए र बित्नुभन्दा केही वर्षपहिले उनले 'बॉबी'को कथानक विस्तारमा बताएका थिए।

Metro Mart
vianet

जयप्रकाश चौकसेले बताएका थिए, 'राज साहबको अफिसमा आर्ची  कमिक्स राखिएको हुन्थ्यो। उनले कमिक्सको एक क्यारेक्टरको विषयमा पढे जसमा उसलाई प्रेम भएपछि उसको बुवाले भन्छन् - यो के तिम्रो प्रेम गर्ने उमेर हो त ? त्यहिँबाट यो आइडिया आयो कि यस्तो चलचित्र बनाउनुपर्यो कि हेर्नेले भनुन् - यो पनि कुनै उमेर हो त प्रेम गर्ने ?

सन् १९७० आएको राज कपुरको चलचित्र 'मेरा नाम जोकर’ असफल भएको थियो। त्यसको एक वर्षपछि राज कपुरले प्रोड्युस गरेको चलचित्र 'कल आज कल’ जसलाई उनका छोरा रणधीर कपुरले निर्देशन गरेका थिए- त्यो पनि असफल भएको थियो। यसैबीच राज कपुरका पिता पृथ्वीराज कपुरको मृत्यु भयो भने उनकी आमा पनि बितिन्। साथै उनको नजिकका संगीतकार जयकिशनको समेत मृत्यु हुन पुगेको थियो।

यो त्यही समय थियो जतिबेला सम्पूर्ण चुनौतीको सामना गर्दै उनले युवा प्रेमकथामा चलचित्र बनाउने विचार गरे। चलचित्र बनाउन पैसा चाहियो। यस्तोमा हिन्दूजा परिवार अगाडि आयो जो इरानमा हिन्दी चलचित्र डिस्ट्रिब्युट गरेर आफ्नो व्यापार चलाइरहेका थिए।

ऋषि कपुर आफ्नो आत्मकथा ‘खुल्लम खुल्ला’ मा लेख्छन्, 'चलचित्रलाई लिएर राज कपुरमा यस्तो भोक थियो कि चलचित्रबाट हुने सबै कमाइ उनले चलचित्रमै लगाइदिन्थे। चलचित्र ‘मेरा नाम जोकर’को असफलतापछि  राज कपुरको आरके स्टुडियोसमेत धितो राख्नुपरेको थियो। 'बॉबी' चलचित्र बनाउनुको उद्देश्य आरके ब्यानरलाई माथि उठाउनु थियो, मलाई लन्च गर्नको लागि होइन। यो चलचित्र नायिकामाथि केन्द्रित थियो। जब नायिकाको लागि डिम्पलको खोज भयो अनि मलाई त्यसै नायकको रुपमा लिइयो। तर भयो के भने रिजिलपछि सबै क्रेडिट मलाई प्राप्त भयो। चलचित्र रिलिज भएपछि वाहवाही जति मैले पाएँ।'

'बॉबी'को रिलिजपछि ऋषि कपुर–डिम्पलको जोडीले तहल्का नै मचायो। 'बॉबी' चलचित्रमात्र नभएर एक फेसन स्टेटमेन्ट पनि थियो। डिम्लपको मिनी स्कर्ट, पोलका डटवाला सर्ट, हट पेन्टहरु, ठूलो चश्मा मानिसले लगाउन थाले। चलचित्र इतिहासका जानकार अमृत गंगरका अनुसार 'बॉबी' युवा पिँढीको प्रेमकथा थियो जो समाजको फरक–फरक वर्गबाट आउँथे। राजा (ऋषि कपुर) एक हिन्दू धनी परिवारबाट छन् भने 'बॉबी' इसाइ परिवारबाट जो माझीको काम गर्छन्। यो त्यो समय थियो जतिबेला देश १९७१ को युद्धको माहौलबाट बाहिरिँदै थियो। यस्तोमा देशका युवाहरुलाई ताजा हावा, परिवर्तनको आवश्यकता थियो। यस्तै माहौलमा 'बॉबी' आयो र सुपरसिहट हुन पुग्यो।

'बॉबी'को सुटिङ अन्तिम चरणमा रहेको बेला नायिका डिम्पलले नायक राजेश खन्नासँग विवाह गरिन्। डिम्पल कपाडियालाई नायिका लिनुको पछाडिको कारण बताउँदै जयप्रकाश चौकसे भन्छन्, 'किशन धवन चरित्र कलाकार थिए, उनकी श्रीमति बुन्दी धवन राज कपुरकी पत्नी कृष्णाकी साथी थिइन्। उनैले डिम्पलको नाम सुझाएकी थिइन्। त्यतिबेला उनी १५ वा १६ वर्षकी थिइन्।'

चलचित्र १९७३ अर्थात् २० औं शताब्दीमा बनेको हो। यद्यपि 'बॉबी'को एक सिनमा डिम्पल भन्छिन्, 'म २१ औं शताब्दीकी केटी हुँ, कसैले मलाई हात लगाउन सक्दैनन्। ऋषि भन्छन् - अहिले त २० औं शताब्दी चल्दैछ। अनि उनी भन्छिन् - २० औं शताब्दी बूढी भइसकिन् र म मेरो सुरक्षा स्वयं गर्न सक्छु। डिम्पलले वास्तविकतामा पनि आफ्नो जीवन पनि त्यसैगरी बाँचिन्।

आफ्नो आत्मकथामा ऋषि लेख्छन्, 'डिम्पल हाम्रो घरको हिस्सा बनिसकेकी थिइन्।' 'बॉबी'को निर्माणताका म यासमिनसँग रिलेशनमा थिएँ। उसले मलाई एउटा औंठी दिएकी थिइन् तर  सुटिङको क्रममा कति पटक त्यो झिकेर डिम्पलले लगाइहाल्थिन्। जब राजेश खन्नाले डिम्पललाई प्रपोज गरे- उनले त्यो औंठी झिकेर समुद्रमा फ्यालिदिएका थिए। यसको मिडियामा निकै चर्चा भको थियो। तर हाम्रोबीच त्यस्तो कुनै सम्बन्ध थिएन। उनलाई एक नायिकाको रुपमा लिएर म पोजेसिभ भने थिएँ।'

अमृत गंगर भन्छन्, 'राज कपुरले गीत होस् कि नृत्य, एक्टिङ सबैमा ऋषि र डिम्पललाई राम्रोसँग पर्दामा उतारेका थिए। युवा प्रेमकथा र कथा भन्ने राज कपुरको आफ्नै तरिकाले पनि चलचित्रलाई अपार सफलता दिलायो

चलचित्रको प्राण भनेको यसका सहायक कलाकार र भूमिकाहरु पनि हो, त्यो चाहे दुर्गा खोटे होउन्, मछुवाराको रोलमा जैक ब्रगेन्जा उर्फ प्रेम नाथ अथवा ऋषि कपुरको निष्ठुर बुवा प्राण अथवा खलनायक प्रेम चोपडा। सबै उत्कृष्ट थिए।

'बॉबी'को लागि ऋषि कपुरलाई फिल्मफेयर बेस्ट एक्टर अवार्ड प्रदान गरिएको थियो। यद्यपि त्यो पुरस्कार सधैं विवादमा रह्यो। ऋषिले त्यो पुरस्कार किनेको आरोप लाग्यो।

आफ्नो आत्मकथा खुल्लम खुल्लामा ऋषिले लेखेका छन्, 'कसैले मलाई पैसाको बदलामा पुरस्कार दिलाइदिने प्रस्ताव गरेका थिए। मैले हुन्छ भनेँ, तर मलाई सधैं यो कुराको लागि अफसोस छ। म केवल २०–२१ वर्षको थिएँ। 'बॉबी'सँगै म अनायास स्टार भइसकेको थिएँ। तर मलाई यकिन छैन- त्यो पैसा आयोजक सम्म पुग्यो कि पुगेन तर मैले उसलाई ३० हजार दिएको थिएँ।'

गीतहरुको साथै 'बॉबी'को बलियो पक्ष यसको स्क्रिनप्ले पनि थियो, जसलाई पी साठेले ख्वाजा अहमद अब्बाससँग मिलेर लेखेका थिए। कश्मीरमा जुन होटलको कोठामा ‘अन्दरसे कोई बाहर न आ सके’ गीत सुट गरिएको थियो त्यो आज पनि 'बॉबी' हटको नामले चर्चित छ। मानिसहरु त्यो हेर्न पुग्छन्। बन्धनहरुलाई तोड्ने प्रेम, धनी र गरिबको फरक मेट्ने प्रेम र फेसन स्टेटमेन्ट बनेको युवा प्रेमकथा आज पनि उत्तिकै लोकप्रिय र उत्कृष्ट टीनएज लभ–स्टोरीको रूपमा सम्झिने गरिन्छ।
- बीबीसी हिन्दीबाट

प्रकाशित: Oct 01, 2023| 19:17 आइतबार, असोज १४, २०८०
प्रतिक्रिया दिनुहोस्