बिहीबार, जेठ २२, २०८२

प्रधानमन्त्रीको पत्रकार सम्मेलन

चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक 

स्वदेश फर्किनासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका ४० बुँदे उपलब्धि सार्वजनिक गरे। 
 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री प्रचण्डले उतैबाट ५ असोजमा साताव्यापी चीन भ्रमणमा गएका थिए।

स्वदेश फर्किनासाथ काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका ४० बुँदे उपलब्धि सार्वजनिक गरे। उनले चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक भएको दाबीसमेत गरे।

भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप प्रगाढ बनाएको उनको भनाइ छ। चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलले आपसी विश्वासलाई थप उचाइ दिएको प्रधानमन्त्री प्रचण्डले बताए। 

‘नेपाल र चीनबीच आपसी विश्वास थप सुदृढ भएको छ। ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाएको छ। चीनका राष्ट्रपति सी चिनफिङ र प्रधनमन्त्री ली छ्याङसँगको छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई थप उचाइ दिएको छ,’ प्रधानमन्त्रीले भने।

भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा विगतमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए। यस्तै, नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको उनले जानकारी दिए। उत्तरी सीमा क्षेत्रमा स्थानीय रुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको उनको भनाइ छ। 

National life insurance

केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्रीले बताए। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्त्वपूर्ण छलफल भएको उनले जानकारी दिए। आन्तरिकरुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै उहाँले चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए।

चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले आफू देशबाहिर रहँदा कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक, स्वास्थ्यकर्मीलगायतले राख्दै आएको गुनासो सम्बोधन गरेकामा धन्यवाद व्यक्त गरे।

 

प्रकाशित: Sep 30, 2023| 13:38 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्