बिहीबार, जेठ २२, २०८२

स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड 

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका हुन्। 
 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet

काठमाडौं– चीनको साताव्यापी औपचारिक भ्रमण सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीले स्वागत गरे।

बेइजिङबाट बुधबार तिब्बत आएका प्रधानमन्त्री प्रचण्डलाई स्वेदश फर्किने क्रममा सिचुवान प्रान्तका उप–गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदूत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीले छेन्दु विमानस्थलबाट बिदाइ गरेका थिए।

प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका हुन्। संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ३० भदौमा अमेरिका गएका थिए। 

संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरे।
न्युयोर्कमा रहँदा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गरे। 

प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सीधै चीनको औपचारिक भ्रमणका लागि ५ असोजमा त्यसतर्फ आएका थिए। चीनमा रहँदा उनले राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता एसियाली खेलकुद उद्घाटन स्थल ग्वाङझावमा समेत सहभागी भए।

National life insurance

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गरे। सो क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

उनी कैलाश पर्वत र मानसरोवर गएर शुक्रबार छेन्दु पुगेका थिए। भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारी छन्।

प्रकाशित: Sep 30, 2023| 11:47 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्