काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी भएका छन्। शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन्।
ढुङ्गेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन्।
सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो।
त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन्। सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन्।