सोमबार, मंसिर २५, २०८०

कोशीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्‍वासको मत नदिने 

 |  शुक्रबार, असोज १२, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- कोशी प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीले विश्‍वासको मत नदिने निर्णय गरेको छ। 

sagarmatha cement

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

दलको शुक्रबार बसेको बैठकले कार्कीलाई मत नदिने निर्णय गरेको हो। मुख्यमन्त्री कार्कीले असोज २० गतेभित्र  विश्वासको मत लिनुपर्ने हुन्छ।  

कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई बदर गरी कार्कीलाई मुख्यमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएको थियो। 

कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रुपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ। 

Metro Mart
worldlink

कार्कीले भने, 'एमाले बाहेकका दलसँग छलफल नै नगरी ल्याएको बजेट सदनबाट पारित नभएको अवस्थामा कार्यान्वयन गर्न प्रदेश मन्त्रालयहरूलाई आग्रह गर्ने निर्णय पनि भएको छ।'

अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए। भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादा विपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको छ।

कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराई यसै हप्ता सभाको बैठक डाकेर पारित गराउने तयारी थालेको छ। 

प्रकाशित: Sep 29, 2023| 18:04 शुक्रबार, असोज १२, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्