शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले अधिवेशन : प्यानल नबनाउन चेतावनी दिने ओलीकै समूहले नै बाँड्यो लिस्ट 

एमाले अधिवेशन : प्यानल नबनाउन चेतावनी दिने ओलीकै समूहले नै बाँड्यो लिस्ट 

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- नेकपा एमालेको बागमती प्रदेश अधिवशेनमा सर्वसम्मतीको प्रयास गरिए पनि सम्भव नभएपछि शुक्रबार मतदान भएको छ। मतदानमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका उम्म्दवार कैलाश ढुंगेल पक्षले प्यानल लिस्ट बाँडेको छ। 

National life

यद्पि यसअघि अध्यक्ष ओलीले भने प्यानल बनाउनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। उक्त कुरालाई बेवास्ता गर्दै ओली समूहका ढुंगेल पक्षले नै लिस्ट बाँडेका हुन्। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उमेदवार बन्ने र प्रतिस्पर्धामा भाग लिने छुट भएपनि प्यानल बनाएको थाहा पाए उमेदवारी नै खारेज गरिदिने बताएका थिए । तर, उद्घाटन सत्रमा त्यस्तो बनाएको ओली पक्षले नै प्यानल बनाएपछि अध्यक्ष ओली कोसँगको प्रतिस्पर्धामा छन् भन्ने प्रश्न प्रतिनिधिहरूले उठाइरहेका छन् । 

कैलाश पक्षले बाँडेका प्यानल लिस्टमा अध्यक्षमा कैलाश ढुंगेल, उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा हस्तबहादुर पण्डित, उपचिवमा प्रेबहादुर महर्जन र रिता गौतम ढकालको नाम समेटिएको छ।

त्यसबाहेक प्रदेशबाट खुला प्रतिस्पर्धाका सदस्यदेखि सबै समावेशी कोटाका सदस्यसम्मका प्यालन लिष्ट बाँडिएको छ। यसअघि लुम्बिनीमा भएको अधिवेशनमा पनि ओली समूहका व्यक्ति पराजित भएका थिए। 

प्रकाशित: Sep 29, 2023| 17:46 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्