शनिबार, वैशाख २६, २०८३

शिक्षा विधेयकबारे विद्यार्थीहरुसँग नेविसंघको अन्तरक्रिया

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

काठमाडौं- विवादित शिक्षा विधेयकका विषयमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेविसंघ  काठमाडौं जिल्ला कार्यसमितिले विद्यार्थीहरुसँग छलफल तथा अन्तरक्रिया गरेको हो।

National life

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, पूर्व शिक्षा सचिव  गोपीनाथ मैनाली, दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतलगायत कार्यक्रममा सहभागी थिए।

यसैगरी रत्नराज्य माविका निमित्त प्रधानाध्यापक रामआशिष यादव, नेपाल शिक्षक महासंघका राष्ट्रिय उपाध्यक्ष  हेमचन्द्र महतो, नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव नारायण तिमिल्सिना, नेपाल शिक्षक संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र बाहादुर रावल, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य जमुना कुँवर र राहत शिक्षकको तर्फबाट कर्ण थापाले प्रस्तावित विधेयकका बारेमा आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, क्याम्पस इकाई स्ववियु सभापति एवं विद्यार्थीहरु सहभागी भएका थिए। नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्ष अंशुल केसीका अनुसार अन्तरक्रिया
कार्यक्रममा व्यक्त भएको धारणा, सुझाव र अर्थपूर्ण व्याख्या नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिले लिखित रुपमा नेवि संघ केन्द्रीय समितिलाई पेश गर्नेछ।

 

प्रकाशित: Sep 29, 2023| 11:01 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्