शनिबार, वैशाख २६, २०८३

'अबको चुनावमा राजनीतिको एउटा सटर बन्द हुनैपर्छ'

 |  शुक्रबार, असोज १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १२, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सबै पुराना दलहरूका लागि अबको चार वर्ष अन्तिम अवसर भएको दाबी गर्दै देशे विकासका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन्। अन्यथा २०८४ को निर्वाचनमा 'राजनीतिको एउटा सटर' बन्द हुने उनको चेतावनी छ ।

National life

उनले पुराना दलहरू मिलेर सहमतीय सरकार बनाउन आग्रह गर्दै प्रतिपक्षी मोर्चा आफ्नो पार्टीले सम्हाले प्रस्ताव गरेका छन्। सामाजिक सञ्जालमार्फत लामिछानेले भनेका छन्, 'देशमा व्याप्त बेथितिलाई ठीक गर्ने अन्तिम अवसरका रूपमा अब यो ४ वर्ष तपाईंहरू सबै मिल्नुस्। देशका तमाम समस्या सुल्झाउन हामीबाहेकको सहमतीय सरकार बनाउनुस्। हामी प्रतिपक्षी मोर्चा सम्हाल्छौं। यो अवसरको सदुपयोग गरेर ३३ वर्षमा गरेका गलत काम सच्याउने हो कि मिलेमतो गरेर तिनलाई ढाकछोप गरी प्रमाण लुकाएर, थप अपराधीहरुलाई छुटाउने बचाउने हो त्यो तपाईंहरूको जिम्मा।'

लामिछानले केही पुराना दलहरूले मिसन ०८४ भनेर अभियान चलाइरहेकोमा पनि कटाक्ष गरेका छन्। उनले भनेका छन्, 'मिसन ०८४ भनेर तपाईंहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईंको लागि त मिसन ८० नै छ त! मिसन ०७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त!! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१ , मिसन ८२ , मिसन ८३ छँदै छ त ! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोक रिझ्याइँवाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्। ४-४ वर्ष बाँकी छ, गर्नुस् काम र देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरूलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्। चारवटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्छ, तपाईंहरूसँग ४-४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई।'

'राजनीतिको एउटा सटर त बन्द हुनैपर्छ हजुर !! कि तपाईंको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नुहोला।'

प्रकाशित: Sep 29, 2023| 10:31 शुक्रबार, असोज १२, २०८०
प्रतिक्रिया दिनुहोस्