काठमाडौं– धर्म अफिम भएको सरापेर नास्तिक हुँदै गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय आस्तिक र धार्मिक कार्यमा मन लगाउँदै गएका छन्।
चीनको बेइजिङ भ्रमण सकाएर हिजो मात्रै तिब्बत आएका प्रधानमन्त्री प्रचण्डले हिन्दु धर्मावलम्बीको आस्थाकेन्द्र मानसरोवर दर्शन एवं कैलाश पर्वत अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि आज दिउँसो प्रधानमन्त्री प्रचण्डसहितको टोली पुगेको थियो।
गत १७ जेठ २०८० मा भारत भ्रमणमा गएका प्रचण्डले मध्य प्रदेशको उज्जैनमा अवस्थित भगवान् शिवको प्रतिमा रहेको महाकालेश्वर मन्दिरमा दूध चढाउनुका साथै गेरुवस्त्र धारण गरेर पूजाआजा गरेका थिए।
भारतबाट फर्केलगत्तै प्रचण्डले पशुपतिनाथ मन्दिर दर्शन गरेपछि कट्टर कम्युनिस्टहरुले उनलाई सरापेका थिए। गत शनिबार चीन भ्रमणमा आएका पउनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।